देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू) « Khabarhub

महाशिवरात्रि

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्।

महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

पशुपतिनाथ (तस्बिरहरू)

भक्तपुरको डोलेश्वर मन्दिर (तल)

महाशिवरात्रिका अवसरमा केदारनाथको शीर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी ।

अर्घाखाँचीको सन्धिखर्क–१ चुत्रावेसीस्थित सिद्धेश्वर शिवालय ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा रहेको शुक्लेश्वर महादेव मन्दिर

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ११ : १९ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ