कर्भ इभी नेपालमा सार्वजनिक, मूल्य कति ?  « Khabarhub

कर्भ इभी नेपालमा सार्वजनिक, मूल्य कति ? 


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा इभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरियन्ट सार्वजनिक गरेको छ । 

काठमाडौंमा आयोजित ‘टाटा इभि: चार्जज्ड फर द  फ्युचर’ कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ इभी सार्वजनिक गरेका हुन् ।  

टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोहि कार्यक्रममा कर्भ इभिको साथै टाटाका नंया गाडीहरु नेक्सन केथ्री इभी र टियागो इभी २०२५को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ ।      

कार्यक्रममा यश खण्डेलवालले भने, ‘टाटा इभि: चार्जज्ड फर द फ्युचरले नेपालको समग्र इभी इको सिस्टमलाई सबल र  सुदृढ गर्ने प्रति टाटाको प्रतिविद्धतालाई पुनः पुष्टि गर्दछ । हाम्रो उद्देश्य नयाँ र गुणस्तरयुक्त उत्पादनमार्फत नेपाली यातायात प्रणालीको विद्धुतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो ।  ‘

त्यस्तैगरी, राजन बाबु श्रेष्ठले भने, ‘ कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्त्वपूर्ण नेपाल बाटो घोटालाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकको रोजाइमा पर्नेमा हामी ढुक्क छौँ।’

यस गाडीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ ।

यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ३७ बजे

बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन 

काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । 

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली– टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई