माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु « Khabarhub

माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भण्टाबारी– जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए। 

प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने बताए। 

घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताए। 

उनले घटनामा कोही दोषी देखिएमा निजलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले