श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित « Khabarhub

श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ। सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन्। उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनी शतकका लागि मात्र तीन रनले चुके। सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो।

२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए ।

सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे। जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २४३ रन जोडेको थियो। पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो।

यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो। यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए। गुजरातका साइ किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ४९ बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको