इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट « Khabarhub

इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट भएको छ। तेहरानमा उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप छनोट भएको हो। इरानलाई विश्वकपमा छनोट गराउने क्रममा मेहदी तरामीले दुवै गोल गरे। उज्बेकिस्तानका लागि खोजिमाट एर्किनोभ र अबोस्भेक फयजुलेभले गोल गरे। दुई खेल बाँकी रहँदा इरानको २० अङ्क छ।

तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको १३ अङ्क छ। एक समूहबाट दुई टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। सो समूहमा दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको १७ अङ्क छ।

समूह एकको अर्को खेलमा किर्गिस्तानले कतारलाई ३-१ ले हरायो। संयुक्त अरब इमिरेट्सले उत्तर कोरियासँगको खेलको २-१ को सफलता पायो।

समूह ‘बी’को खेलमा कोरिया र जोर्डनबीच १-१ गोलको बराबरी भयो। प्यालेस्टाइनले इराक माथि २-१ को सफलता पायो। ओमानले कुवेतलाई १-० ले हरायो।

समूह ‘सी’मा यस अघि नै बराबरी गरिसकेका जापान र साउदी अरेबियाबीच गोल रहित बराबरी भएको छ। अस्ट्रेलियाले चीनलाई २-० ले हरायो भने इन्डोनेसियाले बहराइनसँगको खेलमा १-० को सफलता पायो।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल