‘हार बेहोर्न नसकेका व्यक्तिहरूले अपांग संघलाई बदनाम गर्न खोजे’ « Khabarhub

‘हार बेहोर्न नसकेका व्यक्तिहरूले अपांग संघलाई बदनाम गर्न खोजे’


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय लोकतान्त्रिक अपांग संघका सात प्रदेश अध्यक्षहरूले संघको केन्द्रीय महाधिवेशनका सन्दर्भमा भएका टिकाटिप्पणी प्रति चिन्ता व्यक्त गरेका छन् । संघको निर्वाचनबाट माधव चापागाइँको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । अध्यक्ष पदका आकांक्षी विकास थापा र कल्पना खड्काले आफू पराजित भए पछि विभिन्न आरोप लगाउँदै समानान्तर समिति घोषणा गरेका थिए । 

सात प्रदेश अध्यक्षले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचनको औपचारिक प्रक्रियामा सहभागी भई हार बेहोर्न नसकेका केही व्यक्तिहरूले अधिवेशनलाई बदनाम पार्ने नियतले तथ्यहीन प्रचार, तोडफोड र धम्की जस्ता अनुचित क्रियाकलापहरू गरेको आरोप लगाएका छन् ।  चम्लागाईं नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापा कांग्रेस नेता शेखर कोइराला र खड्का प्रकाशशरण महत पक्षधर हुन् । 

संघका कोशी प्रदेश अध्यक्ष गोपालमान थापा, मधेश प्रदेश अध्यक्ष जयप्रकाश ठाकुर, बागमती प्रदेश अध्यक्ष प्रेम लामा, गण्डकी प्रदेश अध्यक्ष शंकर पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष पूर्णप्रसाद कालाथोकी, कर्णाली अध्यक्ष जानकी पुन र सुदूरपश्चिम संयोजक नरेन्द्र प्रसाद जैशीले संयुक्त रुपमा हस्ताक्षर गरी प्रकाशित विज्ञप्ति खण्डन गरेका छन् । उनीहरूले महाधिवेशनको सम्पूर्ण प्रक्रिया नेपाली कांग्रेस केन्द्रीय कार्यालय, निर्देशन समिति र निर्वाचन समितिको समन्वयमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक पद्धतिबाट सम्पन्न भएको बताएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाको निर्देशनमा प्रकाश पन्थको अध्यक्षतामा गठित १७१ सदस्यीय तदर्थ समितिले केन्द्रीय महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गरेको उल्लेख छ । 

संघको छवि धमिल्याउने, प्रतिनिधिहरूको सम्मानमा आघात पुर्याउने र अपांगता भएका व्यक्तिहरूको हक र अधिकारको अभियानमा बाधा पुग्ने कुनै पनि गतिविधि सह्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४१ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित