पालुंगो सागमा भेटियो अत्याधिक मात्रामा विषादी  « Khabarhub

पालुंगो सागमा भेटियो अत्याधिक मात्रामा विषादी 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बेच्न राखिएको पालुँगो सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । 

बुधबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । 

सरकारको मापदण्ड अनुसार, यदि विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम छ भने त्यसलाई उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतको विषादीको मात्रा भएमा केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ ।

४५ प्रतिशतभन्दा बढी विषादी भएको साग भने उपभोगका लागि अयोग्य मानिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु