समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह  « Khabarhub

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् । 

बुधबार नेपाली कांग्रेसकाे शिक्षा विभागको आयोजनामा  शिक्षा नीति बहसअन्तर्गत `विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार´ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटोमा डाेर्‍याउने जग नै शिक्षा भएको बताए । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाई छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए ।

त्यस्तै उनले नेपालमा शिक्षाको लहर ०७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलकाे शिक्षा दिन सक्नुपर्ने धारणा राखे । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव महत्त्वपूर्ण हुने बताए । 

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले  शिक्षा विधेयमाथि पालिकाको धारणा र सुझाव राखेका छन् । 

विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विभागले विमर्श कार्यक्रम आयोजना गरेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ५७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका