कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत : जनमोर्चा « Khabarhub

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत : जनमोर्चा


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत भनेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्तिमार्फत सरकारको निर्णय गलत भएकोभन्दै विरोध जनाएका छन् । 

‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत छ,’ उनले भनेका छन्, ‘उक्त गलत निर्णयको हाम्रो दल राष्ट्रिय जनमोर्चाले विरोध तथा भर्त्सना गर्दछ ।’

जनमोर्चाले अन्तरविरोधमा कुलमान आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकार उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको जनमोर्चाको दाबी छ । 

‘ठूला व्यापारीक घराना र विभिन्न उद्योगहरूको लामो समयदेखि विद्युत महशुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुल उपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत महशुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठूला व्यापारीक घरानाहरू र सरकारका बीच साँठगाँठ भइ त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बीच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ०१ बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित