एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक : महेश बर्तौला « Khabarhub

एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक : महेश बर्तौला


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन् । 

विपक्षी दलले नियोजित रुपमा संसद्लाई अवरोध सिर्जना गरेको उनको आरोप छ । बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ति वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए । 

उनले यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे ।

उनले कानून बमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्ला रहेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : १५ बजे

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको