प्रधानमन्त्री कप क्रिकेट : एपिएफद्वारा कोशी पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : एपिएफद्वारा कोशी पराजित


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।  

बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए । 

एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दबमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए ।

उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए । 

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ३७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।