इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल « Khabarhub

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । 

इजीएसएले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ‘एक्युमार’ उपग्रह प्रविधिमा विशेषज्ञता हासिल गर्ने इजिप्टियन कम्पनी हो ।

विज्ञप्ति अनुसार, सोमबार हस्ताक्षर गरिएको प्रोटोकलले इजिप्टमा उपग्रह र तिनका कम्पोनेन्टको उत्पादनमा सहयोग अभिवृद्धि गर्नुका साथै उपग्रहहरूको वातावरणीय, मेकानिकल र विद्युतीय परीक्षणका लागि इजीएसएको उन्नत पूर्वाधारको प्रयोग गर्ने लक्ष्य राखेको छ ।

इजीएसएका प्रमुख कार्यकारी अधिकृत शेरिफ सेड्की र एक्युमारका प्रमुख कार्यकारी अधिकृत अहमद नसारले प्रोटोकलको हस्ताक्षर समारोहमा भाग लिए । यसलाई इजीएसएले ‘अन्तरिक्ष क्षेत्रमा इजिप्टका अनुसन्धान संस्था र प्रविधि कम्पनीहरू बीच एकीकरणको नयाँ मोडेल’ भनेको छ ।

प्रोटोकलमा उपग्रह सञ्चालनमा सहयोग, वैज्ञानिक तथा प्राविधिक विशेषज्ञताको आदानप्रदान र स्याटेलाइट सञ्चारका लागि फ्रिक्वेन्सीहरू पनि समावेश छ ।

यो साझेदारीले इन्टरनेट अफ थिङ्ग्स सेवा, दूरसञ्चार र पृथ्वी इमेजिङका लागि उपग्रह विकास महत्वाकांक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : २८ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू