गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ : राजेन्द्र पाण्डे « Khabarhub

गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ : राजेन्द्र पाण्डे


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मोर्चा फाँट प्रमुखसमेत रहेका उपाध्यक्ष पाण्डेले देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएकाले प्रतिगामी हर्कतलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

पार्टीका अर्का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन आग्रह गरे ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, जनजिविका, शुसासनको पक्षमा सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे । सङ्गठनले यही चैत मसान्तसम्म सबै प्रदेशको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : ४६ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर