ताइवानले लियो संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा « Khabarhub

ताइवानले लियो संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानले आफ्नो तटनजिकै एउटा संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा लिएको छ । ताइवानको तटरक्षक बलले उत्तरपश्चिमी बन्दरगाह शहर योङ्गानबाट ३७ किलोमिटर टाढा संदिग्ध चिनियाँ जहाजलाई नियन्त्रणमा लिएको हो ।

ताइवान न्युजका अनुसार प्रतिबन्धित जलक्षेत्रमा पहिचान चिन्ह नभएको जहाजलाई तटरक्षक बलले फेला पारेको थियो । पछि तटरक्षक बलले तत्काल रोक्न आग्रह गरेपनि उक्त शंकास्पद जहाज गस्ती जहाज देखेर टाढा भाग्न खोजेको जनाइएको छ । त्यसपछि ताइवानको तटरक्षक बलले उक्त जहाजलाई नियन्त्रणमा लिएको हो ।

जहाजमा ५ लाख लिटर इन्धन र ६ जना चालक दलका सदस्य सवार थिए । ताइवानी अधिकारीहरुले उक्त जहाजले सो क्षेत्रमा चल्ने चिनियाँ जहाजमा इन्धन भर्ने गरेको आशंका गरेका छन् ।

पछिल्लो समय चीन र ताइवानबीच सम्बन्ध चिसिरहेका बेला ताइवानले संदिग्ध चिनियाँ जहाज नियन्त्रणमा लिएको हो । साम्यवादी शासन रहेको चीनले लोकतान्त्रिक शासन चलाइरहेको ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ । चीनले ताइवानलाई आफ्नो मुलुक अन्तर्गत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चेतावनी दिने गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु