नेपाल र भारतको सीमा बैठक « Khabarhub

नेपाल र भारतको सीमा बैठक


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव रामचन्द्र तिवारी र भारतका तर्फबाट भारतीय गृह मन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो ।

सो बैठकमा दुई देशबिचको आपसी हितको प्रवर्धन गर्ने सीमा पार अपराध नियन्त्रण, लागुऔषध, मानव बेचबिखन, अवैध व्यापार, अवैध मुद्रा, चोरी निकासीलगायत आपराधिक क्रियाकलाप नियन्त्रणसम्बन्धी सहमति भएको तिवारीले जानकारी दिए ।

बैठकमा विपत् व्यवस्थापनको पक्षमा दुवै देशबिच सहकार्य गर्ने, सीमा क्षेत्र आसपासमा भइरहेको पूर्वाधार निर्माणमा देखिएका विवादलाई दुई पक्ष समझदारीमा अन्त्य गर्ने, सिमा स्तम्भको नियमित मर्मतसम्भार रेखदेख गर्ने, आतङ्कवाद नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्ने, सिमा क्षेत्रबाट हुने प्रतिबन्धित औषधीको निकासी पैठारीमा रोक लगाउने, विषादीजन्य फलफूल तथा तरकारीको गुणस्तर जाँच गर्ने र जनस्वास्थ्यमा देखिएको असरलाई न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको सहसचिव तिवारीले बताए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु