रुस-युक्रेन युद्ध अन्त्यमा अड्चन बन्दै क्रिमिया: कसरी होला सहमति ? | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यमा अड्चन बन्दै क्रिमिया: कसरी होला सहमति ?


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सन् २०१४ को समयमा रुसी कमान्डरको जत्थाले क्रिमिया कब्जा गरेको थियो । २४ फेब्रुअरी २०२२ का दिन रुसले युक्रेनमा पूर्ण शक्तिका साथ आक्रमण गर्नुको एउटा पृष्ठभूमि त्यो समयमा नै बनिसकेको थियो । २२ अप्रिल २०२५ का दिन फेरि एक पटक क्रिमियाको चर्चा भएको छ । पहिलो पटक अमेरिकाले क्रिमिया रुसको स्वामित्वमा रहेको कुरा स्वीकार्य रहेको जनाइसकेको छ । युक्रेनले आनाकानी गरेको छ।

२५ अप्रिलमा फेरि तीन घण्टा अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच वार्ता भएको छ । तीन घण्टा चलेको सो वार्तापछि सायद युद्ध विराम एउटा बाटोमा जाने छ । तथापि धेरै उल्झन यसका छन् । एउटा उल्झन भने क्रिमिया नै हो ।

अहिले क्रिमियाको भविष्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा भर पर्ने छ । यसका साथै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो सबै समयको सामना कसरी गर्ने छन् भन्ने विषय पनि हो ।

पछिल्लो अमेरिकी योजना प्रस्ट भइसकेको छैन। यसको प्याकेजको बारे पनि धेरैलाई थाहा छैन। सामान्य बुझाई के हो भने क्रिमिया रुसको वैध भूमिको रूपमा अमेरिकाले स्वीकार गर्ने छ ।

ट्रम्पकै विचारमा पूर्वी प्राय द्विप धेरै अघि युक्रेनले गुमाइसकेकै हो । तसर्थ अहिलेको शान्ति वार्तामा यो छलफलको विषय समेत होइन । जेलेन्स्कीकै सवालमा क्रिमियालाई फेरि अविभाज्य क्षेत्रको रूपमा व्याख्या गर्न खोज्नु नै विवेकहीनता हो ।

विपक्षी दलका सांसद आर्यना गारस्चेनकोकै अनुसार ‘भौगोलिक अखण्डता र सार्वभौमिकता युक्रेन र युक्रेनीका लागि रातो धर्का हो।’ ट्रम्पको एउटा प्रश्न छ । अहिले क्रिमिया चाहने युक्रेनले ११ वर्ष अघि नलडेर किन रुसको सानो आक्रमणका सामु परस्त भएको हो ? पुटिनकै भाषामा युक्रेनका प्रो रसियन नेता किभ बाट बाहिरिएपछि एक रात अधिकारीसँगको वार्तामा सो सम्भव भएको थियो ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ।

झन्झट बनेको क्रिमिया
अहिले अमेरिकाका लागि शान्ति वार्ता अघि बढाउने विषयमा क्रिमिया सबै भन्दा झन्झटिलो हो । व्यावहारिक रूपमा क्रिमिया युक्रेनको हुने सम्भावना अति कम छ । यो अहिले रुसकै नियन्त्रणमा छ । तथापि यसलाई कानुनी अख्तियारी विरोधाभास पूर्ण हो ।

जेलेन्स्क बारम्बार सन् २०१८ मा ट्रम्प र विदेश मन्त्री माइक पोम्पोयोले क्रिमियाका बारे गरेको व्याख्याको सम्झना गर्न चाहन्छन् । सो समयमा पोम्पोयाले क्रिमिया रुसले लिएको कुरा अमेरिकाले स्वीकार नगर्ने तथा सो क्षेत्रमा पनि युक्रेनी सार्वभौमिकता लागु हुने कुरामा अमेरिका अडिग रहेको बताएका थिए । जेलेन्स्कीको बुझाइ के हो भने सोही समयमा ट्रम्पले क्रिमियाको सवालमा युक्रेनलाई साथ दिइनै सकेका थिए । तसर्थ अहिले यो कुरामा फेरबदलको आवश्यकता नै छैन ।

त्यसो त अर्को प्रश्न पनि टड्कारो रूपमा उभिएको छ । जमिन कब्जा गरिएको कुरा अन्तर्राष्ट्रिय समुदायले स्वीकार नगरे पनि अमेरिकाले भनेकै आधारमा हुने भए संयुक्त राष्ट्र सङ्घ र यसको चार्टरको के काम ?

युद्ध सुरु भएको केही समयमा नै यस विषयमा इस्तानबुलको एउटा बहसमा यो विषय पनि समावेश थियो । तथापि यसका बारे अझै केही भएको छैन । यो मिलाउन कठिन विषय पनि हो।

कानुनी समस्या
जेलेन्स्की युक्रेनको संविधानमा बाँधिएका छन् । ‘मलाई क्रिमिया कसैलाई दिने अधिकार युक्रेनको संविधानले दिएको छैन,’ उनले भनेका छन्। युक्रेनी संविधानको धारा २ मा यसको पुरा भू भाग र यसको सीमा अटल र अविभाज्य भएको उल्लेख छ । युक्रेनको सीमा सम्बन्धी निर्णय गर्नका लागि जनमत सङ्ग्रहको आवश्यकता पर्छ । त्यसपछि यसलाई युक्रेनको संसद्ले स्वीकार गर्छ ।

यो समस्या ट्रम्पको मात्र होइन । युद्धमा स्थायी समाधान खोज्नका लागि रुसले पनि युक्रेनको संविधान हेर्नु आवश्यक छ ।

संविधान फेरिन सक्छ । तर, सैन्य शासन लागू भइरहेको युक्रेनमा समयमा संविधान फेरिने सम्भावना छैन । यसरी अवैध विलयलाई स्वीकार गर्ने विषयले युक्रेनलाई मात्र रातो बत्तीको सङ्केत गर्दैन । ब्ल्याकसीसँग सीमा जोडिएका रोमानिया लगायत देशका लागि खतराको घण्टी हो ।

यस्तो थियो इतिहास
इतिहास ऐतिहासिक कालदेखि रुसले क्रिमिया आफ्नो भएको बताउँदै आएको छ । तथापि सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि क्रिमियाले पनि स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो । यसको स्वतन्त्र गणराज्यको रूपमा अस्तित्व थियो । ब्ल्याक सीमा आधार तयार पार्नका लागि किभले सेभास्टपुलको बन्दरगाह रुसलाई भाडामा दिएपछि समस्या बढेको थियो ।

सन् २०१४ मा क्रिमियालाई विलय गरेपछि सन् २०१८ मा रुसले ‘क्रेच स्ट्रेट’ मा १२ माइल लामो पुल बनाएको थियो । त्यसपछि रुसले सन् २०२२ मा अजभाल तटको पुल कब्जामा लिएको थियो ।

सन् १९५४ मा नै सोभियत नेता निकिता क्रुस्चेभले क्रिमिया युक्रेनलाई दिएका थिए । रुस र युक्रेन दुवै सोभियत सङ्घमा भएका कारण यो विषय ठुलो मानिएको थिएन । बारम्बार यता र उता भए पनि सोभियत सङ्घमा आबद्ध भएका कारण यो धेरै बहसको विषय बनेको थिएन ।

सन् १९४४ मा जोसेफ स्टालिनले त्यहाँका मूल नागरिकलाई विस्थापित गरेका कारण क्रिमियामा आधा भन्दा धेरै रुसी भाषी छन् । त्यहाँका मूल आदिवासी टार्टर त सोभियत सङ्घ विघटन भएपछि फर्केका हुन्। उनीहरूको सङ्ख्या १५ प्रतिशत छ ।

क्रिमियालाई सन् २०१४ मा रुसले कब्जामा लिए पनि यसलाई संयुक्त राष्ट्र सङ्घको महासभा लगायत अन्तर्राष्ट्रिय निकायले टार्टर समुदायको भूमि तथा युक्रेनको अभिन्न भागको रूपमा व्याख्या गरेको छ ।

युद्ध अन्त्यका अन्य आधार
अहिले २० प्रतिशत भूभाग रुसले कब्जा गरेको जनाइएको छ । अमेरिकी विदेश मन्त्रीले ५ राज्य रुसी भूभागको प्रसङ्ग उठाएका छन् । यस्ता राज्यमा डोन्सेटक, लुहान्सक, खेर्सन र झाम्पोझरिया छन् । युरोपेली देश सहितको प्रयासमा युक्रेनले यी सबै पाउने सम्भावना पनि छ ।

यी सबै युक्रेनले पाउन पनि सक्छ । युक्रेन नाटोको सदस्य हुने सम्भावना कम छ भने युरोपेली युनियनको सदस्य हुनसक्छ ।

सन् २०२२ मा रुसले निमन्त्रणमा लिइसकेको झाम्पोझारिया ऊर्जा केन्द्र अर्को चासोको विषय हो । युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सक्ने छ । सायद यसैको आधारमा नै शनिबारदेखि युद्ध विराम र शान्तिका लागि नयाँ बाटो तय हुन सक्ने छ ।

युद्धमा कुल मृत्यु
यस वर्षको जनवरीमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल १० लाख रुसी सेना तथा सात लाख युक्रेनी सेनाको ज्यान गइसकेको बताएका थिए । यस करण उनी यस युद्धलाई बारम्बार रक्तपात पूर्ण भनिरहेका छन् ।
युक्रेनकै तथ्यांक अनुसार मार्च अन्त्यसम्ममा एक लाख ५८ हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ ।
स्रोत : बिबिसी, किभ इन्डिपेन्डेन्ट

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : २१ बजे

विवाहको न्यूनतम उमेर १८ वर्षमा झारौँ : मन्त्री सुडी

महेन्द्रनगर– बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर

पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते

पेरिस-पेरिस सेन्ट-जर्मेन (पीएसजीले) ले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?

काठमाडौं– विश्वका धनाढ्य अर्बपति उद्यमी इलोन मस्कको आँखामा कालो दाग

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत्

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर