प्रहरी उपरीक्षक तिवारीद्वारा पत्रकारलाई धम्की, महासंघको गम्भीर ध्यानाकर्षण « Khabarhub

प्रहरी उपरीक्षक तिवारीद्वारा पत्रकारलाई धम्की, महासंघको गम्भीर ध्यानाकर्षण


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– खबरहब डटकमका जनकपुर संवाददाता सुमित मिश्रलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले समाचारको विषयलाई लिएर फोनमार्फत धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

वैशाख १२ गते खबरहब डटकममा ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह–महामन्त्री यादव पुत्र’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर साँझ एसपी तिवारीले पत्रकार मिश्रलाई फोन गरी साइबर अपराधको उजुरी परेको भन्दै तत्काल प्रहरी कार्यालयमा हाजिर हुन, माफी माग्न र समाचार हटाउन दबाब दिएको पत्रकार मिश्रले जानकारी गराएका छन् ।

धम्कीपूर्ण शैलीमा गरिएको फोन संवादमा तिवारीले यस्तो नगरेमा मुद्दा दर्ता गरी पक्राउ गर्ने चेतावनीसमेत दिएका थिए। पत्रकार मिश्रले उक्त समाचार आफूले नलेखेको र खबरहब डटकमको केन्द्रीय समाचार कक्षबाट समाचार सम्प्रेषण गरिएको स्पष्ट पारेका छन्। यस्तै, खबरहब डटकमको मुख्य कार्यालयले समेत समाचार आफ्नो तर्फबाट प्रकाशन भएको पुष्टि गरेको छ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति असहमति वा आपत्ति भए कानुनी उपचारका प्रक्रिया खुला छन्। प्रेस काउन्सिल नेपालजस्ता नियमनकारी निकायमार्फत वा अदालतमार्फत न्याय खोज्न सकिन्छ।’

प्रहरीले पत्रकारलाई अपराधी सरह व्यवहार गर्दै धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको महासंघले उल्लेख गरेको छ।
महासंघले एसपी तिवारीको उक्त व्यवहारको घोर भर्त्सना गर्दै आगामी दिनमा यस्ता गैर–जिम्मेवार गतिविधि नगर्न आत्मसमीक्षा गर्न आग्रह गरेको छ। प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप अस्वीकार्य हुने महासंघले चेतावनी दिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : ५३ बजे

ग्रे लिस्टबाट निस्कन सकेन नेपाल, एफएटीएफको पेरिस बैठकले दियो निरन्तरता

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः