पाकिस्तानविरुद्ध भारत : सबै आयातमा प्रतिबन्ध गर्ने निर्णय « Khabarhub

पाकिस्तानविरुद्ध भारत : सबै आयातमा प्रतिबन्ध गर्ने निर्णय


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पहलगाम आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध अर्को ठूलो कदम चालेको छ।भारतले पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार वाणिज्य मन्त्रालयले मे २ मा सूचना जारी गरी यो प्रतिबन्ध सकेसम्म चाँडो कार्यान्वयन गर्न आदेश दिएको छ।

सूचनाअनुसार विदेश व्यापार नीति एफटीपी २०२३ मा एउटा प्रावधान थपिएको छ, जसअन्तर्गत पाकिस्तानबाट आउने सबै प्रकारका आयात रोकिएको छ।

विदेश व्यापार महानिर्देशनालय डीजीएफटी०ले सूचनामा प्रतिबन्धको कारण उल्लेख गरेको छ।उसले भनेको छ, ‘राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिहरूलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’

२२ अप्रिलमा जम्मु कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध धेरै ठूला निर्णयहरू गरिरहेको छ।

भारत र पाकिस्तानबीचको सिन्धु जल सन्धि निलम्बन गरिएको छ भने भारतमा बसोबास गर्ने सबै पाकिस्तानीलाई देश छाड्न आदेश दिइएको छ।

साथै सबै पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ११ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा