आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १२ गते सोमबारको राशिफल


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। निर्णय गर्दा बन्धुको सुझाव लिनु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राज्यको महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। विदेशमा लगानी गरेको भए आम्दानी बढ्नेछ।

मिथुन : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। व्यापार गर्ने भए कृषिजन्य सामग्रीबाट फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : दिन राम्रो छ। साथीको साथ मिल्ने योग छ। स्वदेशी लगानीमै केही गर्न सक्ने हिम्मत बढ्नेछ। परिवारभित्र बाहिरका व्यक्तिले चलखेल गर्ने भएकाले गोपनीयता सुरक्षित गर्नुपर्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुनेछ।

सिंह : परिवारमा विवाद बढ्नेछ। मन अशान्त बन्ने योग छ। कामको बोझ थपिने छ। जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने समय आएको छ। शनिको प्रभावले मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। आफ्नै कामले पश्चाताप हुनेछ। स्वास्थ्यले साथ दिँदा मनमा शान्ति प्राप्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक अभियान्तासँग परामर्श लिएर काम गर्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। हरेक ठाउँमा कर्तव्य पूरा गर्नुपर्नेछ। परिवारबाट भन्दा बाहिरका व्यक्तिले प्रशंसा गरेको सुन्नुपर्ने हुनसक्छ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बौद्धिक क्षेत्रका व्यक्तिसँग टकराब हुनेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने दिन छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकार्य गरेको भए लगानीबाट फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। सानो निर्णयले साथीसँगको सहकार्य टुट्ने भएकाले थोरै बोल्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ०५ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस