कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ « Khabarhub

कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको हो ।

बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बैठकमा इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासँगै सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको जानकारी दिए ।

‘हामीले के भन्यौँ भने सभापति शेरबहादुर देउवाजीलाई, तपाईंले उनीहरूलाई बोलाउनुस् र सोध्नुस् के भएको हो ? किन भने यसको त समाधान निकाल्नु पर्‍यो नि,’ कोइरालाले भने, ‘एकापसमा मुठभेट गरेर कसको फाइदा हुन्छ ? कांग्रेसको त कहिल्यै फाइदा हुँदैन । त्यसैले उहाँलाई बोलाउन्सु, सोध्नुस्, स्पष्टीकरण माग्नुस् । शेखर डाक्टर सा’वसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग ।’

तर, सभापति देउवाले यस विषयमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोध्नेबारे कुनै ठोस जवाफ भने दिएनन् । ‘उहाँ (सभापति) ले हुन्छ, हुँदैन केही भन्नुभएन । हेर्छु भन्नुभयो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘मलाई लाग्छ, त्यो गर्नु पर्छ ।’

नेता कोइरालाले शनिबार गृहनगर विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका थिए । यस्तै सांसदद्वय शर्मा र बजगाईं पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २६ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी