प्रधानमन्त्रीको भनाइप्रति नवराज सुवेदीको आपत्ति, भने- जनतालाई उत्तेजित नगरियोस् « Khabarhub

प्रधानमन्त्रीको भनाइप्रति नवराज सुवेदीको आपत्ति, भने- जनतालाई उत्तेजित नगरियोस्


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारको अभिव्यक्तिलाई ‘उत्तेजक र गैरजिम्मेवार‘ भनेको छ ।

समितिले ओलीको उक्त भनाइप्रति कडा आपत्ति जनाएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीको भनाइ संविधानको भावना र लोकतन्त्रको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।

संयुक्त जनआन्दोलन समितिको आह्वानमा यही जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिले आन्दोलनको विरोध नभई जनतालाई उत्तेजित पार्ने काम गरेको समितिले जनाएको छ ।

सुवेदीले वक्तव्यमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिका बावजुद हाम्रो आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढ्नेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ।’

समितिले उक्त आन्दोलनको मुख्य उद्देश्य भ्रष्ट व्यवस्था र शासकहरूबाट देशलाई मुक्त गराउनु रहेको जनाएको छ । ओलीले सोमबार एक कार्यक्रममा राजावादीलाई सडकमा निस्किन नदिन एमाले कार्यकर्ताले काठमाडौं कब्जा गर्नुपर्ने बताएका थिए ।

जनताको चाहनाअनुसार संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्नु, संघीयता खारेज गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्नु आन्दोलनको उद्देश्य रहेको सुवेदीले बताएका छन् ।

संविधानले प्रदत्त अधिकारको प्रयोग गर्दै सञ्चालन गर्न लागिएको आन्दोलनमा आमनागरिकको व्यापक सहभागिता सुनिश्चित गर्न सुवेदीले आह्वान गरेका छन्। ‘सरकारको दमनकारी सोचको जवाफ दिनका लागि बढीभन्दा बढी संख्यामा आन्दोलनमा सहभागी हुनुस्,’ वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : ४२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि