प्रधानमन्त्रीको भनाइप्रति नवराज सुवेदीको आपत्ति, भने- जनतालाई उत्तेजित नगरियोस् « Khabarhub

प्रधानमन्त्रीको भनाइप्रति नवराज सुवेदीको आपत्ति, भने- जनतालाई उत्तेजित नगरियोस्


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारको अभिव्यक्तिलाई ‘उत्तेजक र गैरजिम्मेवार‘ भनेको छ ।

समितिले ओलीको उक्त भनाइप्रति कडा आपत्ति जनाएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीको भनाइ संविधानको भावना र लोकतन्त्रको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।

संयुक्त जनआन्दोलन समितिको आह्वानमा यही जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिले आन्दोलनको विरोध नभई जनतालाई उत्तेजित पार्ने काम गरेको समितिले जनाएको छ ।

सुवेदीले वक्तव्यमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिका बावजुद हाम्रो आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढ्नेछ। भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुनेछ।’

समितिले उक्त आन्दोलनको मुख्य उद्देश्य भ्रष्ट व्यवस्था र शासकहरूबाट देशलाई मुक्त गराउनु रहेको जनाएको छ । ओलीले सोमबार एक कार्यक्रममा राजावादीलाई सडकमा निस्किन नदिन एमाले कार्यकर्ताले काठमाडौं कब्जा गर्नुपर्ने बताएका थिए ।

जनताको चाहनाअनुसार संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्नु, संघीयता खारेज गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्नु आन्दोलनको उद्देश्य रहेको सुवेदीले बताएका छन् ।

संविधानले प्रदत्त अधिकारको प्रयोग गर्दै सञ्चालन गर्न लागिएको आन्दोलनमा आमनागरिकको व्यापक सहभागिता सुनिश्चित गर्न सुवेदीले आह्वान गरेका छन्। ‘सरकारको दमनकारी सोचको जवाफ दिनका लागि बढीभन्दा बढी संख्यामा आन्दोलनमा सहभागी हुनुस्,’ वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ४२ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ