तीनकुने प्रकरण- न्यायाधीश कार्कीको इजलासमा प्रसाईंसहितका प्रतिवादीको बयान हुँदै « Khabarhub

तीनकुने प्रकरण- न्यायाधीश कार्कीको इजलासमा प्रसाईंसहितका प्रतिवादीको बयान हुँदै


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूसँग काठमाडौं जिल्ला अदालतमा बयान थालिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सोमबारदेखि प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको हो । उनीहरूको बयान सकिएपछि अदालतमा थुनछेक बहस अघि बढ्नेछ ।

प्रसाईं एक्लैलाई ५ वटा अभियोगमा मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा लैजाने क्रममा प्रतिवादीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर लगाएको छ ।

यो मुद्दाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं कार्यरत प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा , प्रहरी निरीक्षक पप्पु कुमार दास, प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु खतिवडा,प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाही, प्रहरी नायव निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटा समेतको जाहेरी परेको थियो ।

उता कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा अघि बढ्नेछ । ती ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुर अभियोगमा मुद्दा चलाउँदैछ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ५९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी