यी महिला सानैदेखि घामबाट जोगिएर हिँड्थिन्, सुतेको बेला कोल्टे फेर्दा हड्डी भाँचियो « Khabarhub

यी महिला सानैदेखि घामबाट जोगिएर हिँड्थिन्, सुतेको बेला कोल्टे फेर्दा हड्डी भाँचियो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छालाको रंग फेरिने डरले घामबाट जोगिने एक महिलाको भिटामिन डीको कमीका कारण सुतेकै बेला हड्डी भाँचिएको छ । घटना चीनको हो ।

ती महिला घामबाट यति डराउँथिन् कि उनले आधा बाहुला भएको लुगा समेत लगाउन्न थिइन् । अहिले चिनियाँ सामाजिक सञ्जालमा यस घटना भाइरल भइरहेको छ ।

गत मे १४ का दिन सिचुवान प्रान्तको चेङ्दु शहरमा रहेको परम्परागत चिनियाँ उपचारमा आधारित सिनदु अस्पतालमा ४८ वर्षकी ती महिलालाई ल्याइएको थियो । ती महिलाको नाम गोप्य राखिएको छ ।

सुतेको ठाउँमा कोल्टे फेर्दा उनको हड्डी भाँचिएका कारण उनलाई अस्पताल लगिएको थियो । त्यस अस्पतालमा लोङ शुआङले ती महिलाको उपचार गरेका थिए ।

पछि ती महिला कहिल्यै घाममा ननिस्किने गरेको, निस्केपनि पूरा शरीर ढाक्ने कपडा र घामको किरणबाट जोगिने तेल लगाउने गरेको पत्ता लागेको थियो । उनी सानैदेखि घामबाट जोगिँदै आएकी थिइन् ।

यसै कारण उनको शरीरमा भिटामिन डीको कमी भएको र फलस्वरुप सुतेकै ठाउँमा कोल्टे फेर्दा हड्डी भाँचिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । जाँच गर्दा उनको शरीरमा भिटामिन डीको स्तर ‘अत्यन्त न्यून’ रहेको पत्ता लागेको थियो ।

भिटामिन डीले शरीरमा क्याल्सियमको शोचन प्रक्रियामा सहयोग पु¥याउने र हड्डी बलियो बनाउने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : ०२ बजे

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज