यी महिला सानैदेखि घामबाट जोगिएर हिँड्थिन्, सुतेको बेला कोल्टे फेर्दा हड्डी भाँचियो « Khabarhub

यी महिला सानैदेखि घामबाट जोगिएर हिँड्थिन्, सुतेको बेला कोल्टे फेर्दा हड्डी भाँचियो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छालाको रंग फेरिने डरले घामबाट जोगिने एक महिलाको भिटामिन डीको कमीका कारण सुतेकै बेला हड्डी भाँचिएको छ । घटना चीनको हो ।

ती महिला घामबाट यति डराउँथिन् कि उनले आधा बाहुला भएको लुगा समेत लगाउन्न थिइन् । अहिले चिनियाँ सामाजिक सञ्जालमा यस घटना भाइरल भइरहेको छ ।

गत मे १४ का दिन सिचुवान प्रान्तको चेङ्दु शहरमा रहेको परम्परागत चिनियाँ उपचारमा आधारित सिनदु अस्पतालमा ४८ वर्षकी ती महिलालाई ल्याइएको थियो । ती महिलाको नाम गोप्य राखिएको छ ।

सुतेको ठाउँमा कोल्टे फेर्दा उनको हड्डी भाँचिएका कारण उनलाई अस्पताल लगिएको थियो । त्यस अस्पतालमा लोङ शुआङले ती महिलाको उपचार गरेका थिए ।

पछि ती महिला कहिल्यै घाममा ननिस्किने गरेको, निस्केपनि पूरा शरीर ढाक्ने कपडा र घामको किरणबाट जोगिने तेल लगाउने गरेको पत्ता लागेको थियो । उनी सानैदेखि घामबाट जोगिँदै आएकी थिइन् ।

यसै कारण उनको शरीरमा भिटामिन डीको कमी भएको र फलस्वरुप सुतेकै ठाउँमा कोल्टे फेर्दा हड्डी भाँचिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । जाँच गर्दा उनको शरीरमा भिटामिन डीको स्तर ‘अत्यन्त न्यून’ रहेको पत्ता लागेको थियो ।

भिटामिन डीले शरीरमा क्याल्सियमको शोचन प्रक्रियामा सहयोग पु¥याउने र हड्डी बलियो बनाउने जनाइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : ०२ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ