नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो « Khabarhub

नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यमा कोरोना भाइरसका थप बिरामी फेला परेका छन् । सोमबार अधिकारीहरुले दिएको जानकारी अनुसार राज्यमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

यससँगै राज्यमा कुल सक्रिय कोरोना संक्रमितको संख्या ११ पुगेको छ । बिरामीलाई सास फेर्न समस्या भइरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले जनाएको छ ।

हाल भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार नाघेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा १ हजार ९ जनामा कोरोन भाइरसका संक्रमित फेला परेका छन् । यीमध्ये अधिकांशलाई सामान्य लक्षण देखा परेको जनाइएको छ ।

सबैभन्दा धेरै दक्षिणी राज्य केरलामा संक्रमित फेला परेका छन् । समाचारमा जनाइएअनुसार केरलामा ३ सय ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि महाराष्ट्रमा १ सय ५३ जना, दिल्लीमा ९९ जना, गुजरातमा ७६ जना र कर्णाटकमा ३४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ०८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,