पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान | Khabarhub Khabarhub

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– खुला सिमानाका कारण लागूऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागूऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताए  । ‘यस्ता रचनामूलक कार्यक्रम निरन्तर रूपमा भइराख्न जरुरी हुन्छ,’ उनले भने, ‘यो सुरुआत मात्रै हो ।’

प्रत्येक वर्ष लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी दिवस जुन २६ तारिखका दिन मनाउने गरिन्छ । सो अभियान गत चैत २७ गते पर्साका १४ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा सुरुवात गरिएको थियो । पर्सा प्रहरीको हिरासतमा रहेकामध्ये दुई तिहाई लागूऔषध दुर्व्यसनी कसुरका व्यक्ति हिरासतमा रहने गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १ : ३६ बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै