श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवा डिजिटलाइजेसन हुनुपर्छ : श्रममन्त्री « Khabarhub

श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवा डिजिटलाइजेसन हुनुपर्छ : श्रममन्त्री


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरू डिजिटलाइजेसन हुनुपर्ने बताएका छन् । 

बिहीबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम् आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरू डिजिटलाइजेसन हुनुपर्नेमा जोड दिएका हुन । 

उनले नेपाली श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको भन्दै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिँदै नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताए । 

मन्त्री भण्डारीले श्रम सम्बन्धी सही सूचनाको जानकारी दिन श्रम संसार लागु गरेको बताउँदै १० वर्षमा नेपालबाट बाध्यात्मक श्रमका लागि विदेश जाने अवस्थाको अन्त्य हुने बताए । 

‘सूचनाको अभावले धेरै मानिसहरू प्रभावित भएका छन्, ठगीमा परेका छन्, यी कुरालाई ध्यानमा दिएर श्रम संसार सञ्चालनमा ल्याएका छौँ ।’, उनले भने, श्रम सम्बन्धी सम्पूर्ण कुराहरू राखेका छौँ, मानिसको औ‍ँलामा नेपालको श्रम बजार छ, हामी वैदेशिक रोजगार भन्दा बढी नेपालको आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेका छौँ । ’

उनले नेपालीहरूले कोरियाको १९६० को अनुभवलाई अङ्गीकार गरेर अगाडि बढ्नुपर्नेमा दिए । नेपालीहरूले कोरियालाई आकर्षक गन्तव्यको रूपमा मान्ने गरेको भन्दै यसलाई व्यवस्थापन गर्न मन्त्री भण्डारीले आग्रह गरे । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : ३१ बजे

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल