कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी « Khabarhub

कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । सागाटिया, कुमाल वाडा र नैकला टोलका एक सय ७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पुर्‍याइएको हो ।

घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको संकट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ । एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय सीता कुमालले बताए।

‘अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,’ उनले भने,’खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।’

खानेपानी योजना बनाउनका लागि हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए। 

‘करिब रु डेढ करोडको लागतमा दुई वटा आयोजनामार्फत योजना सम्पन्न भएको हो,’ उनले भने, ‘स्थानीयको श्रमदान महत्वपूर्ण रहेको थियो ।’

खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमूना योजना भएको बताए। उनले यसको संरक्षण र दिगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

खानेपानी योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको उप-प्रमुख मनिराज बरालले बताए। 

‘विकट दलित बस्तीमा शुद्ध पानी पुर्‍याएर हामीले विभेद अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौँ,’ उनले भने, ‘अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ३७ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक