रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर « Khabarhub

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता भएको घोषणा गरेको छ।

चार दशक उमेर पार गरेका पोर्चुगिज खेलाडी रोनाल्डोले अब २०२७ सम्म क्लबमा रहने निश्चित गरेका छन्। लामो समयदेखि चलिरहेको अड्कलबाजीलाई टुंग्याउँदै रोनाल्डोले आफू अल-नासरमै रहेन बताएका छन्। ‘नयाँ अध्याय सुरु हुँदैछ – उही सपना, उही जोश’, उनले भनेका छन् ।

सम्झौतापछि रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘नयाँ अध्याय सुरु हुँदैछ। उही जोश, उही सपना । अब सँगै इतिहास बनाऔँ।’

यसअघि फिफा अध्यक्ष जियानी इनफान्टिनोले रोनाल्डो सन् २०२५ मा अमेरिकामा आयोजना हुने क्लब विश्वकप खेल्न सक्ने संकेत दिएका थिए। उक्त प्रतियोगितामा भाग लिने केही क्लबले उनलाई प्रस्ताव पनि गरे तर रोनाल्डोले अल-नासरप्रति निष्ठावान रहने निर्णय गरे ।

रोनाल्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनका बाबजुद अल-नासरले गत सिजन साउदी लिगमा तेस्रो स्थानमा सन्तोष गर्नु पर्‍यो। अन्तिम खेलमा अल-फतेहसँग ३-२ को हार बेहोरेपछि क्लब शीर्षक विजेता अल-इतिहादभन्दा १३ अंकले पछि रह्यो।

रोनाल्डोले हालसम्म १११ खेलमा ९९ गोल गरेका छन्। तर उनले पछिल्लो पटक घरेलु लिग उपाधि पाँच वर्षअघि युभेन्टससँग जितेका थिए।

अल-नसारका लागि आगामी दुई सिजन रोनाल्डोको उपस्थितिलाई उपयोग गरी उपाधि जित्ने अन्तिम मौका मानिएको छ। रोनाल्डोका लागि यो करियर टुंग्याउँदा अन्तिम सफलताको कथा लेख्ने अवसर हुन सक्छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ४५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान