रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर « Khabarhub

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता भएको घोषणा गरेको छ।

चार दशक उमेर पार गरेका पोर्चुगिज खेलाडी रोनाल्डोले अब २०२७ सम्म क्लबमा रहने निश्चित गरेका छन्। लामो समयदेखि चलिरहेको अड्कलबाजीलाई टुंग्याउँदै रोनाल्डोले आफू अल-नासरमै रहेन बताएका छन्। ‘नयाँ अध्याय सुरु हुँदैछ – उही सपना, उही जोश’, उनले भनेका छन् ।

सम्झौतापछि रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘नयाँ अध्याय सुरु हुँदैछ। उही जोश, उही सपना । अब सँगै इतिहास बनाऔँ।’

यसअघि फिफा अध्यक्ष जियानी इनफान्टिनोले रोनाल्डो सन् २०२५ मा अमेरिकामा आयोजना हुने क्लब विश्वकप खेल्न सक्ने संकेत दिएका थिए। उक्त प्रतियोगितामा भाग लिने केही क्लबले उनलाई प्रस्ताव पनि गरे तर रोनाल्डोले अल-नासरप्रति निष्ठावान रहने निर्णय गरे ।

रोनाल्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनका बाबजुद अल-नासरले गत सिजन साउदी लिगमा तेस्रो स्थानमा सन्तोष गर्नु पर्‍यो। अन्तिम खेलमा अल-फतेहसँग ३-२ को हार बेहोरेपछि क्लब शीर्षक विजेता अल-इतिहादभन्दा १३ अंकले पछि रह्यो।

रोनाल्डोले हालसम्म १११ खेलमा ९९ गोल गरेका छन्। तर उनले पछिल्लो पटक घरेलु लिग उपाधि पाँच वर्षअघि युभेन्टससँग जितेका थिए।

अल-नसारका लागि आगामी दुई सिजन रोनाल्डोको उपस्थितिलाई उपयोग गरी उपाधि जित्ने अन्तिम मौका मानिएको छ। रोनाल्डोका लागि यो करियर टुंग्याउँदा अन्तिम सफलताको कथा लेख्ने अवसर हुन सक्छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ४५ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद