एनपीएलको खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता « Khabarhub

एनपीएलको खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोश्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्तिमार्फत एनपीएलको अक्सन साउन २४ मा गरिने जनाएको छ । 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार एनपीएलका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएका छन् । क्यानले एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२ सम्म खुल्ला गरेको थियो । 

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपीएलमा सहभागी आठ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराएर क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ०९ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ