रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती | Khabarhub Khabarhub

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा भएको बताएका छन् । 

शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् ।

उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे  । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ । वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए ।  

उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए  । 

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३९ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।