बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट शनिबार दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो । 

मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए  । 

यता काठमाडौं महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईंको मृत्यु भएको छ । 

शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर खुलेको छैन । चालकको खोजी जारी छ ।  रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३७ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।