गण्डकी प्रदेश प्रमुखद्वारा पूर्वप्रमुखको निधनमा शोक व्यक्त « Khabarhub

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्वप्रमुखको निधनमा शोक व्यक्त


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेशप्रमुख पृथ्वीमान गुरुङको आज बिहान निधन भएकामा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख भट्टले शनिबार शोक सन्देश व्यक्त गर्दै गुरुङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गरेका छन् ।

करिब ३२ महिना गण्डकी प्रदेशवासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी बहन गरेका कुशल एवं अनुभवी व्यक्तित्व गुरुङको निधनबाट ठूलो क्षति पुगेको आफूले महसुस गरेको उनले सन्देशमा भनेका छन् ।

अभिभावक गुमाएका स्व गुरुङका शोकसन्तप्त परिवारजन र स्वजनहरूमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशवासी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको कास्की जिल्ला साविक घलेल गाविस-४ मा जन्मिएका गुरुङका परिवार बसाइसराइ गरी हाल चितवनको भरतपुर महानगरपालिका-२६, दिव्यनगरमा बस्दै आएका थिए  ।

पछिल्लो समय क्यान्सरसँग लडिरहेका पूर्वप्रमुख गुरुङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमा आज बिहान निधन भएको हो । उनको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् । विसं २०७८ साउन १२ गते प्रदेशप्रमुखमा नियुक्त भएका गुरुङ विसं २०८० फागुन २८ गतेसम्म उक्त जिम्मेवारीमा रहेका थिए  । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : १३ बजे

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका