लोमान्थाङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण | Khabarhub Khabarhub

लोमान्थाङ गाउँपालिकामा विद्युतीय चुल्हो वितरण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जोमसोम– लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ । गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणको पहुँच पुगेसँगै यहाँका विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो ।  

पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी २१० जनालाई चुल्हो उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङले जानकारी दिए । 

स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियानअन्तर्गत इन्डक्सन चुल्हो वितरण गरिएको उनले बताए ।  

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा २१० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप २६० जनालाई वितरण गर्ने योजना छ । 

उनले भने, ‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौँ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ । यो अभियान जारी रहने छ ।’ 

लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रूपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङका अनुसार गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट सबै मुक्त भएका छन् । 

गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले राम्रोसँग उपयोग गर्न सके करिब ५ वर्षसम्म चुल्हो टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने बताइन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियानमा सहयोग पुग्ने बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ४० बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज