पाल्पामा अरिङ्गालले टोकेर एक जना महिलाको मृत्यु « Khabarhub

पाल्पामा अरिङ्गालले टोकेर एक जना महिलाको मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तानसेन– अरिङ्गालले टोकेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिङ्गालले टोकेर ५७ बर्सिया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । 

उनका अनुसार अरिङ्गालले टोकेर घाइते भएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकामा मृत्यु भएको हो । घर नजिकैको सामुदायिक वनमा स्याउला काट्ने क्रममा उनलाई कालो अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालको टोकाइले गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएकामा थप उपचारका लागि प्रभास ल्याइएको थियो । उनको आजै शवपरीक्षण गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ४६ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको