पशुपालनमा जलवायु परिवर्तनका असर « Khabarhub

पशुपालनमा जलवायु परिवर्तनका असर


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको असर र किसानले अपनाएका अनुकूलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आज पोखरामा आयोजित गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा सार्वजनिक गरिएको हो ।

गण्डकीका पाँच जिल्लाका एक हजार १५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट सङ्कलित तथ्यमा आधारित रहेर अनुसन्धान गरिएको आजको कार्यक्रममा जानकारी गराइयो । अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता (प्रिन्सिपल इन्भेस्टिगेटर) प्राडा विकासकुमार केसीले प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशमा तापक्रम वृद्धि र वर्षा घट्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे ।

परियोजनामा प्राडा केसीसँगै डा अनन्तराज ढुङ्गाना र डा पूर्णबहादुर खाँडलगायत सहभागिता थिए । नतिजा अनुुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन् । पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारको अभाव जस्ता समस्या तीव्र भएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक प्राडा किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको उल्लेख गर्दै आज सहकार्यात्मक अनुसन्धानका लागि पर्याप्त बजेट भएकाले प्राध्यापकहरूले ज्ञान निर्माणतर्फ गम्भीर हुनुपर्ने धारणा राखे ।

अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार भएको यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने बताए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो अनुसन्धान ‘क्यूवान जर्नल’ र अन्य आठ वटा प्रतिष्ठित जर्नलहरूमा प्रकाशन भएको जनाउँदै यसको अन्तरराष्ट्रिय महत्त्व रहेको बताए ।

कृषि विकासमा पशुपालनको अनिवार्यता औँंल्याउँदै शोधले किसानका समस्यालाई समेटेकामा उनले प्रशंसा गरे । अनुसन्धान प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा लीला पुरी, डा श्रीकान्त शर्मा खतिवडा, डा कृष्ण पौडेल, डा शान्त खत्री, डा रामजी पोखरेल, डा खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाटलगायत वक्ताले धारणा राखेका थिए ।

सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै प्राडा विकासकुमार केसीले आगामी दिनमा थप अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : ५२ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह