झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु « Khabarhub

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका हल्दिबारी गाउँपालिका-४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा आज मृत्यु भएको छ ।

उनको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । साउन ६ गते बिहान आफ्नै घरको भान्साकोठामा रोटी पकाउने ग्यास सिलिन्डरबाट सल्किएको आगो निभाउने क्रममा ओलीसहित एकै परिवारका पाँच जना घाइते भएका थिए ।

सो घटनामा ओलीसहित उनकी ५९ वर्षीया पत्नी गोमादेवी ओली, जेठो छोरा ३३ वर्षीय सन्तोष ओली, जेठी बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए ।

भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार पुण्यप्रसाद र बुहारी अनितालाई थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो । बर्न अस्पतालमा अनिताको उपचार भइरहेको छ । घाइतेहरू गोमादेवी र सन्तोष उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ४९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने