एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा « Khabarhub

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात प्रविधि कम्पनी एप्पल र कृत्रिम बौद्धिकतामा (एआइ) मा काम गर्ने ‌ओपनएआइविरुद्ध मुद्दा दायर गरेका छन्‌ ।

सम्भावित प्रतिष्पर्धीबाट हुने जोखिम रोक्न अवैध मिलेमतो गरेको आरोप लगाउँदै मस्कले यी दुई कम्पनीविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका हुन् ।

मस्कले आफ्नो कम्पनी एक्स र एक्सएआइमार्फत मुद्दा दर्ता गर्न लगाएका छन् । एप्पलले ओपनएआइको च्याटबटलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गरेको र यो काम कानूनको उल्लङ्घन भएको मस्कका कम्पनीको दाबी छ ।

मस्कले यस्तै दुई कम्पनीविरुद्ध यो महिनाको सुरुमा पनि मुद्दा दर्ता गरेका थिए । एप्पलले आफ्नो स्टोरमा ओपनएआइको र्‍याङ्किङ बढाएको पनि मस्कको आरोप छ ।

एप्पललेउ भने हालसम्म मस्कको यो कदमलाई लिएर कुनै प्रतिक्रिया जनाएको छैन । ओपनएआइले भने यो मुद्दालाई ‘मस्कले दिइरहेको हैरानीको निरन्तरता’ भनेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ११ : ०२ बजे

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको