ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन « Khabarhub

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख पिन्ट रगत सङ्कलन गरेको छ । सेवा केन्द्रले भदौ ६ देखि ९ गतेसम्म नेपाल र भारतमा रहेका शाखाहरूमा रक्तदान अभियान चलाएको हो ।

संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवस अवसरमा आयोजित रक्तदानमा पहिलो दिन शुक्रबार नै पाँच हजार ५७ पिन्ट सङ्कलन गरिएको थियो ।

केन्द्रले दिएको जानकारी अनुसार; रक्तदानमार्फत अत्यन्त उच्च स्तरको मानवीय तथा सामाजिक कार्य गर्ने लक्ष्यअनुसार चार दिनसम्म नेपालका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालन गरिएका रक्तदान केन्द्रमा उत्साहजनक र स्वःस्फूर्त रक्तदान भएको थियो ।

चार दिन अवधिमा काठमाडौँ उपत्यकामा चार हजार ४४६ पिन्ट, बिराटनगरमा दुई हजार ८३० पिन्ट, नारायणगढमा ९७० पिन्ट र राजबिराजमा १९७ पिन्ट रगत सङ्कलन भएको केन्द्रले जानकारी दिएको छ ।

यसैगरी; बीरगञ्जमा ५४२ पिन्ट, पोखरामा ५६४ पिन्ट, दाङमा २८३ पिन्ट, बुटवलमा ५५३ पिन्ट, हेटौँडामा २७० पिन्ट, जनकपुरमा ३५४ पिन्ट, भैरहवामा ६७ पिन्ट, धनगढीमा १३३ पिन्ट, पाल्पामा ६४ पिन्ट, बाग्लुङमा ८१ पिन्ट र नेपालगञ्जमा ५६२ पिन्ट रगत सङ्कलन भएको हो ।

अभियानको पहिलो दिन शुक्रबार हालसम्मको रेकर्ड नै तोड्नेगरी रक्तदान भएपछि केन्द्रले ‘देशैभरिका न्यानो मुटुहरू एकै स्वरमा धड्किँदा, एकै दिन ५,०५७ पिन्ट रगत संकलन गर्दै नेपालले अभूतपूर्व कीर्तिमान कायम गरेको’ जानकारी दिएको थियो ।

रक्तदान अभियानको राष्ट्रिय शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भाद्र १ गते ललितपुर स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा भएको थियो ।

यो पनि –

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ०२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको