पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणले नभेट्ने जन्तीढुङ्गामा आनन्द लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ ।

हरियाली वातावरणमा आनन्द लिन र टिकटक बनाउन यहाँ आउनेको सङ्ख्या बढेको हो । विराटनगर घर भई हाल काठमाडौँ बानेश्वरमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो देखेपछि घुम्न आएको बताए । “यहाँको दृश्यहरू हेर्दा निकै रमाइलो लागेको कारण कलेज बिदाका दिन पारेर घुम्न आएको हुँ”, उनले भने, “यहाँ आएपछि भिडियोमा देखेको भन्दा अझ रमाइलो र आकर्षक लाग्यो ।”

बनेपाबाट जन्तीढुङ्गा आइपुगेका गणेश तामाङले यहाँ आइपुग्दा रमाइलो लागेको प्रतिक्रिया दिए । “भिडियोमा त सबै हेर्न पाइँदैन, आफैँ आएर यहाँका हावापानीसँग खेल्दै डाँडासम्म चढेर सुन्दर दृश्य हेर्न पाउँदा झनै रमाइलो हुँदोरहेछ”, उनले भने ।

स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार भौगोलिक दृष्टिकोणले मात्र आकर्षक नभएर जन्तीढुङ्गा धार्मिक महत्व बोकेको स्थान पनि हो । मौलिक कथन अनुसार भगवान बेथानचोक नारायणले त्यहाँ रहेको पञ्चकन्या देवीसँग विवाह गर्न गरिएको बाचाअनुसार त्यो पूरा गर्न नसक्दा विवाहका लागि पुगेका बेहुलासहित सबै जन्तीहरू शिला (ढुङ्गा) भएर बसेका कारण त्यो ठाउँको नाम जन्तीढुङ्गा रहन गएको भनिन्छ ।

भित्तामा लस्करै रहेको ढुङ्गा हेर्न सिँढी निर्माण गरिएको छ । जन्तीढुङ्गाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ ।

मानिसको घुँइचो बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पसल सञ्चालन गरी आम्दानी लिन थालेका छन् । पनौती नगरपालिका–४ खत्रीगाउँका देवीमाया खत्रीले मान्छेको आवागमन धेरै हुन थालेपछि पसल गरेर दैनिक एक हजार पाँच सयदेखि पाँच हजारसम्मको व्यापार गर्ने गरेको बताए ।

बनेपाबाट जनगाल, भैँसेपाटी बाँसडोल हुँदै बुढागणेश मन्दिर हुँदै करिब नौ किलोमिटर पार गरेपछि जन्तीढुङ्गा पुग्न सकिन्छ । पनौती बसपार्कदेखि चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १२ : ५४ बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको