बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती « Khabarhub

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन् ।

पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो । वडा नं ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नं ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ । गत साउन १ गते नगरपालिका र बैंकबीच सहमति भएको थियो । तर बैंकहरू कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखित रूपमा बैंकलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुङ्गो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन् । भत्ता वितरण गर्ने बैंक टुङ्गो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरेपछि झनै समस्यामा परेका छन् ।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाए ।

अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन । तर, सामाजिक सुरक्षाभत्ता तथा बैंकिङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैंकले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ०५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार