मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन « Khabarhub

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन् । मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए ।

उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष व्यक्त गरे । साथै, दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए ।

पशुपति मन्दिरमा पुगेका भक्तजनहरूको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएका मन्त्री पाण्डेले शान्ति–सुरक्षाको पक्षमा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिएका थिए । यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा–दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीहरूले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकिय निकायको कार्यको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ०१ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी