नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार छु : पूर्वराष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार छु : पूर्वराष्ट्रपति भण्डारी


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आएका नयाँ पुस्तालाई सघाउन आफू तयार रहेको बताएकी छन् ।

रास्वपा प्रवक्ता मनिष झासँग मंगलबार बिहान भंगालमा भएको डेढ घण्टा लामो भेटका क्रममा नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनले नयाँ पुस्ताका राजनीतिकर्मीको अभिभावकत्व लिन तयार रहेको पनि बताएकी छन् ।

२०७९ को चुनावमा पुराना र परम्परागत दलहरूलाई चुनौती दिँदै रास्वपासहितका नयाँ दल उदाएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसहितका स्वतन्त्र व्यक्तिहरूले नयाँ पुस्तालाई आकर्षित गरिरहेका छन् ।

यही सन्दर्भमा पूर्वराष्ट्रपतिले नयाँ दलको अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको बताएकी हुन् । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टकराव बढिरहेका उनी वैकल्पिक शक्तिहरूसँग संवादमा छिन् । त्यही संवादका क्रममा मंगलबार बिहान रास्वपा प्रवक्ता झासँग भंगालमा कुराकानी भएको हो ।

‘नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो हो’, पूर्वराष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने, ‘त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न म तयार छु । नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार पनि तयार छु ।’

पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ता र दलहरूसँग आफू संवादका लागि तयार रहेको पनि बताएकी छन् । ‘यसरी नै भेटघाट र संवाद जारी रहोस् भन्ने आशय पनि उहाँले व्यक्त गर्नुभयो’, झाले भनेका छन् ।

झासँगको भेटका क्रममा पूर्वराष्ट्रपतिले सहकारी ठगीमा मुछिएर हाल नख्खु जलेलमा रहेका रास्वपा सभापति रवि लामिछाने प्रकरणलाई अनावश्यक राजनीतिकरण गरिएकोप्रति चासो राखेकी थिइन् ।

‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोप्रति उहाँले सरोकार राख्नुभयो’, झाले पूर्वराष्ट्रपतिसँगको भेटपछि भनेका छन्, ‘पूर्वराष्ट्रपतिज्यूले सभापति रवि लामिछानेप्रति सद्भाव रहेको पनि बताउनु भयो।’

झाले यो भेटलाई एउटा राजनीतिक शिष्टाचारको अभ्यास भनेका छन् । ‘राजनीतिक शिष्टाचारस्वरुप यो भेटघाट भएको हो’, उनले भने, ‘कुनै विशेष एजेन्डाभन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप उहाँसँग भेटघाट भएको हो ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ०३ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क