दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति « Khabarhub

दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ ।

विसं २०७९ मा नरेन्द्रबहादुर सिंह बडाल अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमित रूपमा सञ्चालनमा छ । हालसम्म दुहुँका आठ जनाले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इञ्जिनियरिङमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सकिएपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाबाट प्राप्त छात्रवृत्तिले छोरालाई पढाउन निकै सहज भएको अभिभावक भगवती बडालले बताइन् । छोरा भुपेन्द्रको इञ्जिनियरिङ पुरा गर्न कुल रु आठ लाख ५० हजार लाग्नेमा गाउँपालिकाले रु चार लाख २५ हजार छात्रवृत्तिस्वरुप दिने भएपछि पढाइमा सहज भएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रमा थप लगानी गर्दै गाउँपालिकाले कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क गरेको छ । दुहुँ गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय अनाथालय सञ्चालन गरेर गाँस, बाँस, कपाससहित पढाइको सुविधा दिएको छ ।

‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : १६ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी