इजरायलमा बन्धक सम्झौता गर्न दबाब दिँदै विशाल प्रदर्शन « Khabarhub

इजरायलमा बन्धक सम्झौता गर्न दबाब दिँदै विशाल प्रदर्शन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेल अविव- गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् ।

एएफपीका पत्रकारहरूले तेल अभिवमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकहरूको तस्बिर बोकेको दृश्य देखेका थिए । यस्तै, इजरायली मिडियाका अनुसार अमेरिकी दूतावासको शाखा नजिकै र देशभरका मन्त्रीहरूको घर अगाडि पनि र्‍यालीहरू आयोजना गरिएको छ ।

“टेबलमा प्रस्ताव तयार छ । हामी हाम्रा नेताहरूलाई वार्तामा बस्न र सहमति नभएसम्म उठ्न नदिने माग गर्छौं”, अक्टोबर २०२३ मा आफ्नो छोरा अपहरणमा परेका परिवारको प्रतिनिधित्व गर्ने फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

सुरक्षा मन्त्रिपरिषद् बैठकको एजेन्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर स्थानीय समाचारहरूले युद्धविराम र बन्धक मुक्तिको नयाँ वार्ताबारे छलफल हुने सम्भावना औँल्याएका छन् ।

मन्त्रिपरिषद्ले अगस्टको सुरुमा सेनाले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको थियो । यसले बन्धकहरूको सुरक्षामा थप चिन्ता पैदा गरेको छ । पछिल्ला हप्तामा देशभर हजारौँ मानिस सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भए ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्तामै गाजामा बाँकी रहेका सबै बन्धकको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न आदेश दिएका थिए । तर सोसँगै उनले गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्ने आक्रमण योजनालाई अझ प्रबल बताएका थिए ।

हमासले मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको बताएकै बेला यो घटनाक्रम आएको हो । उक्त प्रस्तावअनुसार प्रारम्भिक ६० दिनको अवधिमा कब्जामा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा बन्धकहरूको चरणबद्ध रिहाइ हुने योजना छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : २४ बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर