बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू) « Khabarhub

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय घेर्न थालेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर आतंक मच्चाएको भन्दै कवाडी व्यवसायीहरू संगठित रुपमा प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले मंगलबार पनि कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेरेका छन् ।

विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउका क्रममा बालेनविरुद्ध अप्रिय र आपत्तिजनक नाराबाजी र प्लेकार्ड पनि प्रदर्शन गरे ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, ज्यादती, र संरचना भत्काउने काम तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले सोमबार पनि कमलादीस्थित काठमाडौँ महानगरको कार्यालयबाहिर नाराबाजीसहित धर्ना दिएका थिए ।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायमा गरेको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत माग उनीहरूले गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ५४ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी