पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु « Khabarhub

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा आजदेखि पोखरामा दुई दिने तीज सांस्कृतिक महोत्सव सुरु भएको छ ।

परम्परागत मौलिक संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन्‌ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नारासहित संस्थाले यसअघि महोत्सवको दुई संस्करण सम्पन्न गरिसकेको छ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीजको मौलिकतालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले विकास निर्माणमा तालिका निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

महोत्सवमा तीज गीत प्रतियोगिताका साथै रस्साकसी, साडी दौड, घैटो फुटाउनेजस्ता खेल र विविध सांस्कृतिक प्रस्तुति राखिएका छन् । रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ५२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी