एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

आगामी भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कमिटीको दशौँ बैठक स्थगित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले खबरहबलाई बताए ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अब विधान महाधिवेशनको अघिल्लो दिन भदौ १९ गते बस्न सक्ने गौतमले बताए ।

‘देशभरबाट विधान संशोधनसम्बन्धी सुझावसहितका प्रस्ताव धमाधम आइरहेका छन्’, गौतमले भने, ‘ती सुझावहरूलाई एकमुष्ट संकलन गरेर केन्द्रीय कमिटीमा लैजान समय लाग्ने देखियो । त्यहीकारण बैठक स्थगित गरिएको हो ।’

अब यो बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली चीनबाट फर्किएपछि मात्रै बस्नेछ । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाँदैछन् । सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा हुँदैछ ।

उक्त सम्मेलनमा भाग लिएर ओली भदौ १८ गते काठमाडौंमा उत्रिनेछन् । त्यसपछि भदौ १९ गते केन्द्रीय कमिटीको दशौँ बैठक बस्ने जानकारी गौतमले दिएका छन् ।

तर गौतमले विधान महाधिवेशन तलमाथि नहुने बताए । ‘विधान महाधिवेशनको मिति तलमाथि हुँदैन । भदौ २० गते गोदावरीमा महाधिवेशनको उद्घाटन हुनेछ’, उनले भने, ‘विधान महाधिवेशनका लागि हामी तयारीमै छौँ । प्रधानमन्त्रीको व्यस्ताबीच महाधिवेशन नसार्ने गरी काम भइरहेको छ।’

त्यस बैठकमा दोस्रो विधान महाधिवेशनको तयारी हुनेछ । बैठकमा महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने गौतमले जानकारी दिए ।

विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । उक्त छलफलपछि पारित गरिएका प्रस्ताव भदौ २० देखि २२ सम्म हुने भनिएको दोस्रो विधान महाधिवेशनमा पेश गर्ने तयारी छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको थियो । तर त्यो समयभित्र सबै सुझाव नआएपछि केन्द्रीय कमिटी बैठक पनि पर धकेलिएको हो।

दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जना सहभागी हुनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ४ : ३० बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र