नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान « Khabarhub

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समानता, आत्मसम्मान र प्रगतिशील सोचसहितको नयाँ नेपालको यात्रामा सबै सहभागी हुन आह्वान गरेका छन् ।

तीजका अवसरमा आज सम्पूर्ण नेपाली, आमा तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “तीज पर्वले ल्याउने एकता, प्रेम र सांस्कृतिक गौरवले हाम्रो सामाजिक सद्भाव र समृद्ध भविष्य निर्माणमा प्रेरणा देओस् ।”

अध्यक्ष भट्टराईले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : १६ बजे

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौं– आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी, उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर